नियम ५
उजुरी दिन सक्ने
(१) ऐनको दफा ८ को /उपदफा (१) बमोजिमको विषयमा पीडित आफैँ वा निजको तर्फबाट कसैले आयोग समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा उजुरी दिन सक्नेछः-
(२) उपनियम (१) बमोजिमको उजुरी दिँदा देहायका कुनै पनि माध्यमबाट दिन सकिनेछः-
(क) पीडित आफैँ वा निजको तर्फबाट उजुरी दिने व्यक्तिले आयोग वा कार्यालयमा उपस्थित भई,
(ख) हुलाक मार्फत,
(ग) टेलिफोन, फ्याक्स, इ-मेल वा अन्य विद्युतीय माध्यमबाट,
(घ) -आयोगबाट सञ्चालित हेल्पलाइन वा अन्य जुनसुकै माध्यमबाट ।
(३) / उपनियम (२) बमोजिम टेलिफोन वा हेल्पलाइनबाट प्राप्त उजुरी आयोग वा कार्यालयका उजुरी तथा मुद्दा व्यवस्थापन शाखाका प्रमुखबाट अनुसूची-१ बमोजिमको ढाँचामा, लेखबद्ध गरी लिखित उजुरी तयार गर्नु पर्नेछ ।
(४) आयोग वा कार्यालयमा परेका उजुरीको दर्ता, प्रारम्भिक छानबिन तथा सो को व्यवस्थापन गर्ने प्रयोजनको लागि आयोग वा कार्यालयले आयोग वा कार्यालयका कुनै कर्मचारीलाई तोक्न सक्नेछ । (५) उजुरीकर्ताले आफ्नो नाम, थर र ठेगाना गोप्य राख चाहेमा निजको नाम, थर र ठेगाना गोप्य राखी: आवश्यक कारबाही अगाडि बढाउनु पर्नेछ ।
(६) यस नियम बमोजिम प्राप्त उजुरी सम्बन्धमा आयोगको सम्बन्धित अधिकारीले प्रारम्भिक छानबिन गर्दा कसैले ऐनको दफा ८ को उपदफा (१) बमोजिमको काम गरेको देखिन आएमा उजुरीकर्ता उपस्थित भएकोमा निजको सहीछाप समेत गराई उजुरी दर्ता किताबमा दर्ता.गरी सो को जानकारी उजुरीकर्तालाई दिनु पर्नेछ।
(७) सञ्चार माध्यम वा अन्य कुनै स्रोतबाट ऐनको दफा ८ को उपदफा (१) बमोजिमको काम भएको आयोगलाई जानकारी प्राप्त भएमा आवश्यकता अनुसार आयोगले सो घटनाको अनुगमन गर्न कुनै सदस्य, सचिव वा अधिकृतस्तरको कर्मचारीलाई खटाउन सक्नेछ ।
(८) उपनियम (७) बमोजिम खटिएको सदस्य, सचिव वा अधिकृतले त्यस्तो घटनाको अनुगमन गरी सो को प्रतिवेदन सात दिनभित्र आयोग समक्ष पेश गर्नु पर्नेछ।
(९) _उपनियम (८) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि सो घटनाको प्रकृति र अवस्था हेरी थप छानबिन गर्न उपयुक्त देखिएमा-प्राप्त प्रतिवेदनको आधारमा आयोगले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्नेछ ।